
एजेन्सी । कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मुत्यु भएको छ । सात जना सवार सैन्य हेलिकप्टर आइतबार बिहान ‘प्राविधिक गडबडीका कारण’ देशको समुद्री क्षेत्रमा दुर्घटना भएको थियो ।
कतारको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै खोजीका क्रममा सात जनामध्ये ६ जना मृत फेला परेको जानकारी दिएको छ ।
कतारी सशस्त्र सेनाका सदस्यसमेत रहेका क्याप्टेन (पाइलट) सइद नासेर समेख भने बेपत्ता छन् । उनको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ ।











