काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा होमा विच जापानी कस्मेटिक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री वितरणका लागि सहकार्यको थालनी भएको छ ।

अबदेखि जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमाद्वारा नेपाली बजारमा आयात तथा बिक्री वितरण गरिने सम्पूर्ण उत्पादनहरु भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने भएका हुन् । होक्काइदो बिजनेस ग्रुप नेपालअन्तर्गतको होमाले सन् २०२३ देखि आधिकारिक रुपमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्हरु नेपाली बजारमा भित्र्याएको हो ।
भाटभटेनी सुपरमार्केटका कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगंज, कोटेश्वर तथा टोखा गरी सात स्थानबाट विशेष अफरहरुसहित जापानी उत्पादनको गुणस्तर र यसले आमजनताको स्किन हेल्थमा पार्ने सकारात्मक प्रभाव सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्दै आधिकारिक बिक्री वितरणको शुरुवात गरिएको हो ।
चैत्र १० गतेबाट सुरु गरिएका विभिन्न सचेतनात्मक कार्यक्रमहरुमा सहभागी हुने होमा तथा भाटभटेनीका ग्राहकहरुले होमाबाट विभिन्न अफरहरु, छुट, क्यास कुपन तथा फ्रि गिफ्टस प्राप्त गर्नसक्नुहुनेछ । यसका लागि भाटभटेनीमा रहेका होमा सेन्टर तथा भाटभटेनीका कस्टमर सर्भिस डेक्समा ग्राहकहरुले सम्पर्क राख्नुपर्ने छ ।
चैत्र १० गतेदेखि २० दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सहभागी हुनेमध्ये १४ जना भाग्यशाली ग्राहक हरेकले रु ५ हजार बराबरका होमाका उत्पादन जित्न सक्नुहुनेछ भने सहभागी हरेक ग्राहकले होमामा प्रयोग गर्न सकिने २० प्रतिशत छुटको गिफ्ट भौचरसमेत प्राप्त गर्नुहुनेछ ।
साथमा होमाले आयात गर्ने एससेलेक्ट, टि थ्रि र जेटोक्क किड्स ब्राण्डका उत्पादनहरु उपहार स्वरुप प्राप्त गर्नुहुनेछ । यस अवधीमा भाटभटेनी सुपरमार्केट गएर होमाका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुले हरेक ३ हजारको खरिदमा एक हजार रुपैंया बराबरको गिफ्ट भौचर प्राप्त गर्नेछन्, जसको प्रयोग डेकाईडो बुढानिलकण्ठमा डाईनिङ् गर्दा होस् वा होमाका कुनै पनि सामाग्री खरिद गर्दा होस् प्रयोग गर्न सक्नेछन् । बीस दिनसम्म चल्ने यो सचेतनामूलक कार्यक्रमले जापानी हेल्थ एण्ड ब्युटी केयर प्रोडक्टप्रति नेपाली उपभोक्ताको थप चासो विकास हुने अपेक्षा गरिएको छ ।











