Logo
Logo

जेनजी आन्दोलन: यस्तो छ कार्की आयोगको प्रतिवेदन (पूर्णपाठ)


2k
Shares

काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सरकारबाट औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नभए पनि स्रोतमार्फत प्राप्त दस्तावेज सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा आन्दोलन नियन्त्रणका क्रममा राज्य पक्षबाट गरिएको बल प्रयोगबारे विस्तृत विश्लेषण गरिएको छ । आयोगले घटनाक्रमको समीक्षा गर्दै त्यसबेला नेतृत्व तहमा रहेका व्यक्तिहरूको भूमिकाबारे समेत उल्लेख गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले आन्दोलनका क्रममा भएका घटनालाई आधार मानेर जिम्मेवार निकाय र पदाधिकारीहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्