काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)का कारण शपथ ग्रहण ढिला भएको आरोप लगाएका छन् ।

शपथग्रहण लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्-मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो शपथ भएको किन नदेखेको ?
बिहिबार सिंहदरबारस्थित संसद् भवनमा नव निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम थियो ।











