Logo
Logo

सुधन गुरुङलाई प्रश्नः तपाईं गृहमन्त्री बन्ने हल्ला के हो ?


63
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका सुधन गुरुङ रास्वपाको सांसद बनेपछि उनले मन्त्री दाबी गरिरहेको चर्चा छ । कतिपयले त उनको आकांक्षा गृहमन्त्रीमै रहेको समेत दावी गरेका छन् ।

आज सपथग्रहण गर्न जाने क्रममा सञ्चारकर्मीले उनलाई यही विषयमा प्रश्न राखे । गुरुङले स्पष्ट शब्दमा जवाफ दिएनन् ।

तपाईं गृहमन्त्री बन्ने हल्ला के हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिए, ‘म मन्त्री बन्ने दौडमा पहिले पनि थिइनँ अहिले पनि छैन । पार्टीले योग्य ठाने दिनुहुन्छ । नदिए पनि आफ्नो कर्तव्य पालना गर्नुपर्छ ।’

गुरुङले अब बन्ने सरकारले जेनजीको मुद्दा अघि बढाउने बताए । यसमा आफ्नो विशेष चासो रहेको उनको भनाइ छ । कार्की आयोगको प्रतिवेदन औपचारिकरुपमा सार्वजनिक गरिने पनि दावी गरे ।

उनले भने, ‘कार्की आयोगको प्रतिवेदन सबैले पढेको छैन । औपचारिक रुपमा प्रकाशन गर्नुपर्छ । त्यसपछि कार्यान्वयनको कुरा आउँछ ।’
सरकारले भन्दा पहिले सञ्चारमाध्यमले प्रतिवेदन सार्वजनिक गर्नुलाई सकारात्मकरुपमा लिनुपर्ने उनले बताए ।

गुरुङले भने, ‘यसलाई पोजिटिभरुपमा लिनुपर्छ । निस्किनैपर्ने कुरा हो । सत्यतथ्य आउँदा राम्रै हो । प्रतिवेदन पुरै पढेर रिपोर्टिङ गर्न पत्रकारज्यूहरुलाई सुझाव दिन्छु । हेडलाइन बिगारेर हुदैैन ।’

प्रतिक्रिया दिनुहोस्