Logo
Logo

आज र भोलि वर्षाको सम्भावना


315
Shares

काठमाडौं  । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: rain.jpg

हाल सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा/हिमपातको भइरहेको छ ।

आज दिउँसो देशको हिमाली भू-भागमा अधिकांश बादल, पहाडी  भू-भागमा साधारणतया बादल र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा , बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गरहावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ  । 

त्यस्तै आज राती देशको हिमाली भू-भागमा अधिकांश बादल तथा कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा  साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा तराई भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ  । 

प्रतिक्रिया दिनुहोस्