Logo
Logo

प्रधानमन्त्रीको शपथमा नगएका ओलीले फेसबुकमा दिए बधाई


630
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् ।

शपथ ग्रहण समारोहमा नगएका ओलीले सामाजिक सञ्जालबाट बालेनलाई बधाई दिएका हुन् ।

बालेनको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका थिए । तर, ओली अनुपस्थित भएका थिए ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि विदेशमा रहेका कारण समारोहमा उपस्थित थिएनन्। तर, ओली भने काठमाडौँमै रहे पनि बालेनको शपथ समारोहमा नगएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्