Logo
Logo

मुस्ताङ एयरको हेलिकप्टर सकुशल भेटियो


819
Shares

काठमाडौं । सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर सकुशल अवतरण गरेको अवस्थामा भेटिएको छ ।

The current image has no alternative text. The file name is: Mustang1.jpg

हेलिकप्टर अपर लाप्चे गुम्बा नजिक रहेको हेलिप्याडमा सुरक्षित अवतरण भएको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा रहेका पाइलट र ५ जना यात्रु सकुशल रहेका छन् ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार काठमाडौंबाट दोलखातर्फ उडेको मुस्ताङ एयरको नाइन एन-एएनओ कलसाइन भएको हेलिकप्टर मध्याह्न १२:४५ बजेदेखि सम्पर्कविहीन भएको थियो । उक्त हेलिकप्टर दोलखाको बिगु गाउँपालिका-१ लुम्नाङबाट उडेर लाप्त्चेतर्फ जानेक्रममा सम्पर्कविहीन बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्