Logo
Logo

रमेश लेखकलाई प्रहरीको २ नम्बर गणमा राखियो, ओलीलाई कहाँ राखिँदैछ ?


945
Shares

काठमाडौं । जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई प्रहरीको २ नम्बर गणमा राखिएको छ ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको भोलिपल्टै आज बिहान भक्तपुरको कटुन्जेस्थित घरबाट पक्राउ गरिएका लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको हो ।

तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले २ नम्बर गणमा लगिएको प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

आजै बिहान पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा लगिएको छ ।

ओलीलाई टिचिङ अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ । रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीलाई राख्ने गरिन्छ । स्वास्थ्य जाँच भइसकेपछि पूर्वप्रधानमन्त्री ओलीलाई कहाँ राख्ने भन्ने टुंगो लाग्ने एसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्