
काठमाडौं । दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो पुरानो कुकर्मका कारण नेपालका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ परेको बताएका छन् ।
सामाजिक सञ्जालमा एबीपी न्युजको समाचार सेयर गर्दै उनले तत्कालिन प्रधानमन्त्री केपी ओली र रमेश लेखक पक्राउ पर्नु कुकर्मका कारण भएको दाबी गरेका हुन् ।
शनिबार बिहानै पक्राउ परेका एमाले अध्यक्ष ओली र लेखकको समाचारलाई भारतका सञ्चारमाध्यमहरूले पनि प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् । जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।











