Logo
Logo

जेनजी मुभमेन्ट नेपालले गर्‍यो ओली र लेखक पक्राउको स्वागत


693
Shares

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयको स्वागत गरेको छ । शनिवार उक्त सङ्गठनले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो ।

The current image has no alternative text. The file name is: kp-oli-hospital-arrest.jpg

साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत अविलम्ब पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी प्रक्रिया अगाडि बढाउन समेत सो सङ्गठनले सरकारसँग जोडदार माग गरेको छ ।

उक्त सङ्गठनले जेनजी आन्दोलनका दमनाकारीलाई बचाउने कुनै पनि प्रकारको षडयन्त्रप्रति सचेत रहेको बताउँदै यस्ता प्रयासहरू भए देशैभरि युवाहरू थप सशक्त र कठोर सङ्घर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएको छ ।  ओली र लेखकलाई प्रहरी शनिवार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्