Logo
Logo

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी


1.2k
Shares

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले कडा आपत्ति जनाएको छ । शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले सरकारको यो कदमलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भनेको छ ।

The current image has no alternative text. The file name is: congress-8.jpg

जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको नेविसंघको ठहर छ । आयोगका अध्यक्षको पूर्वनिर्धारित धारणा अनुसार नै प्रतिवेदन तयार पारिएको दाबी गर्दै सङ्घले नैतिक वा राजनीतिक जिम्मेवारी र फौजदारी दायित्वलाई एउटै डालोमा राखेर पक्राउ गर्नु विधिको शासन विपरीत भएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्