Logo
Logo

प्रधानमन्त्री बालेनका चार सल्लाहकार नियुक्त


4k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।

चैत १३ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुखमा बेन र राजनीतिक सल्लाहकारमा शाहलाई नियुक्त गरेको हो । प्रमुख सल्लाहकारमा नियुक्त बेन बालेनका यसअघिदेखिकै सहयोगी हुन् ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै बेनले शाहलाई सहयोग गर्दै आएका थिए । यसपटकको चुनावी अभियानमा पनि शाहको साथमै थिए ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त असीम शाह रास्वपाका पूर्वसांसद हुन् । उनी २०७९ को चुनावमा रास्वपाका सांसद बनेका थिए । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच सँगै राजनीतिक यात्रा गर्ने छलफल असीम शाहको घरमा भएको थियो ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्