
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ ।
जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदै छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त घर भत्काउन रोक लगाएको हो ।
स्रोतका अनुसार प्रहरीले भत्काउन रोक लगाएर त्यहाँ कार्यरत कामदार हटाएको छ । भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम सङ्कलन गरेर राखेको थियो । देउवा र उनकी पत्नी आरजु राणामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान थालिएको उच्च सरकारी अधिकृतहरू बताउँछन् । यद्यपी देउवाका परिवारै अहिले देश बाहिर छन् ।











