Logo
Logo

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न माग


1.1k
Shares

काठमाडौं । शनिवार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेका छन् ।

The current image has no alternative text. The file name is: oli-lekhak.jpg

जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुगेका सरकारी वकिलले दुवैजनालाई कम्तीमा १० दिन म्याद थप गरेर मुद्दा अघि बढाउन माग गरेका हुन् ।उता लेखक र ओली पक्षका वकिलहरूले भने उनीहरूलाई थुनामा नराख्न न्यायाधीशसमक्ष माग गरेका छन् ।

शनिवार भक्तपुरको कटुन्जेबाट पक्राउ परेका लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको छ । पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा समस्या भएपछि अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

उनलाई भर्चुअल माध्यमबाटै अदालतमा पेश गरिएको छ । अहिले यी दुईजनालाई म्याद लिनेबारे जिल्ला अदालतमा बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्