Logo
Logo

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारीको बचत रकम ठगीसम्बन्धी मुद्दाको तारिख बुझेका छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichhane.jpg

केहीबेरअघि अदालत पुगेका उनी तारिख बुझेर फर्किएका हुन् । उनीमाथि विभिन्न पाँच जिल्लामा सहकारी ठगीसहितका मुद्दा चलिरहेका छन् ।

अब उनलाई जिल्ला अदालतले आगामी वैशाख १५ गते अर्को तारिख बुझ्न बोलाएको छ । उनी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए । 

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा उनीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्