काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीमाथिको अनुसन्धान निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् ।

आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढङ्गले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘कहिँकतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस् । निष्पक्षता कायम होस् र स्वतन्त्र ढङ्गले होस् भन्ने कुरा भनिसकिएको छ ।’ प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले नै यसअघि संसदबाट उठाएको विषय भएको बताए ।











