Logo
Logo

आज मेघगर्जनसहित पानी पर्ने


819
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशभरको मौसममा फेरबदल आएको छ ।

अहिले देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा भने आंशिक बदली रहने र पहाडी भेगमा बादल लाग्ने क्रम जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्