Logo
Logo

राहदानी र कन्सुलर सेवाका लागि वृहत् घुम्ती शिविर सञ्चालन हुने


504
Shares

काठमाडौं ।  जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल ४ देखि ७ सम्म चार दिने वृहत् घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

The current image has no alternative text. The file name is: nepali-dutabash.jpg

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जापान तथा क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा दूतावासले घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।

उक्त घुम्ती शिविरमा विद्युतीय राहदानी नवीकरणका लागि ‘लाइभ इन्रोलमेन्ट’ कार्य, बच्चाको राहदानी नयाँ आवेदन तथा नवीकरण, यात्रा अनुमतिपत्र, अधिकृत वारेशनामा, कागजात प्रमाणीकरण, जन्मदर्तालगायत सेवाहरू प्रदान गरिने छ ।

विद्युतीय राहदानी नवीकरण÷नयाँ जारीका लागि एक हजार ६०० स्लट खुलाइएकामा सबै स्लट बुक भइसकेको र आवश्यकताअनुसार थप स्लट आज बेलुका ५ बजे खुलाइने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस कार्यका लागि राहदानी विभागबाटसमेत दुई जना कर्मचारी जापान जाने कार्यक्रम तय भएको छ । साथै, यस घुम्ती शिविरमा लिइएका आवेदनबाट तयार भई आएका राहदानी तथा अन्य कागजात सम्बन्धित सेवाग्राहीकै घर ठेगानामा पठाइने छ । 

नेपाल सरकार/नेपाली राजदूतावासबाट निर्धारित राजस्व बाहेक कहीँ, कतै, कुनै पनि रकम नबुझाउन र नलिन तथा उक्त राजस्व पनि सम्बन्धित स्थानमा मात्र बुझाउन दूतावासले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्