Logo
Logo

डिआइजी श्रेष्ठमाथि कारबाही कहिले ?


6.8k
Shares

काठमाडौं । सशस्त्रभित्र सिसं १ का डिआइजी सुरेश श्रेष्ठबारे मुख्यालयमा दिनुह चर्चा परिचर्चा हुने गरेको छ । अझ आइतबार उनको खास विषयमा चर्चा भएको थियो । गत वर्ष भदौ १५ गते राजावादी आन्दोलनमा खटिएको फौज असफल भएको र त्यसमा कमाण्डर दोषी रहेको विषयमा मुख्यालयभित्र चर्चा हुने गरेको हो ।

विगतमा पुराना राजनीतिक दलसँग खास सम्बन्ध रहेका श्रेष्ठ र अर्का डिआइजी अञ्जनीकुमार पोखरेलबारे सशस्त्रमा बेलाबखत चर्चा हुने गर्छ । यद्यपि, उपत्यकाको कमाण्ड गरिरहेका डिआइजी श्रेष्ठको चर्चा उनको व्याचीले होइन, जुनियर कर्मचारीले गरिरहेका छन् । खासगरी काठमाडौँ उपत्यकामा परिचालन हुने सशस्त्र प्रहरीको फौजलाई लिएर उनको आलोचना हुने गरेको छ ।

नेपाल प्रहरीको भन्दा पनि एक तह अघि बढेर आन्दोलन र भीड नियन्त्रणमा सशस्त्र प्रहरीलाई खटाउन थालेपछि उनको बारेमा टिप्पणी शुरु हुन लागेको हो ।

उनले विगत एक वर्षदेखि दशरथ रंगशालामा दुई सय जनाको टिमलाई सधै राख्ने गरेको र त्यहीबाट माइतीघर, बानेश्वरको आन्दोलनलाई नियन्त्रणमा लिनका लागि खटाउने गरेका छन् । परिस्थिति जन्य ठाउँमा परिचालित हुनुपर्ने र यसलाई प्यारामिलिटरी नेचरमै राख्नुपर्ने अवस्थामा उनले जथाभावी खटाएको भन्दै आलोचना भएको हो ।

जेनजी आन्दोलनमा पनि उनकै कमाण्डमा खटिएकाले फोर्सभित्र उनी असफल कमाण्डर भनेर चिनिएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नम्बर–९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन् । सशस्त्रमा सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएको पहिलो अर्थात सिसम–१ का अधिकृत हुन् ।

सि सं. १ भनेकै आफुमात्र भन्ने सोच भएका डिआइजी श्रेष्ठले यसअघि आफ्नै संगठनका सिनियरको मानमर्दन गरेका थिए । हालका एआइजी गणेश ठाडा मगरहरुलाई पुरानो टोलि भन्ने अनि लक्ष्मणबहादुर सिहंहरूलाई प्राबिधिक भन्दै होच्याउने काम उनले गरेकाले अहिले उनको सम्बन्ध कसैसँग सुमधुर नभएको बताइन्छ ।

प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप भएपछि उनी डिआइजीमा घर जाने संभावना पनि बढिरहेको छ ।

जेनजी आन्दोलनका क्रममा, सशस्त्र प्रहरी बलका डिआइजी श्रेष्ठले आफू चढेको सरकारी गाडी जोगाउन असफल भएका थिए । आन्दोलनकारीहरूले उनको गाडीमा आगो लगाएका विषयले सशस्त्र प्रहरीमा हलचल पैदा भएको थियो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय र हतियार जोगाउन नसक्ने सशस्त्र प्रहरी बलका अधिकारीहरूको भूमिका विशेष ध्यानाकर्षक भएको थियो । नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

उच्च पदस्थ अधिकारीहरू जस्तै डिआइजी श्रेष्ठले पनि आफ्नो जिम्मेवारीमा कमजोरी देखाएका थिए । जेनजी आन्दोलनका क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि कारबाही सिफारिस भएको छ । नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस हुँदा श्रेष्ठ भने जोगिएका थिए ।

प्रतिक्रिया दिनुहोस्