Logo
Logo

रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, के भयो कुराकानी ?


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुगेर जसपा नेपालका नेता समेत रहेका ठाकुरले भेट गरेका हुन् ।

दुई नेताहरूबिच वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्।

प्रतिक्रिया दिनुहोस्