Logo
Logo

प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता 


945
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार  गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए । 

The current image has no alternative text. The file name is: metaing.jpg

उक्त भेटमा प्रधानमन्त्री बालेनले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्र अवस्थाबारे चासो राखेको जनाइएको छ ।  त्यस्तै, राष्ट्र बैङ्कले गर्नुपर्ने काममा भएका अप्ठ्यारा र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणको बारेमा समेत कुराकानी भएको जनाइएको छ ।  

सो भेटमा गभर्नर पौडेलले रिक्त डेपुटी गभर्नर नियुक्तिको विषय समेत उठाएको जनाइएको छ । झन्डै एक महिनादेखि डेपुटी गभर्नर रिक्त भएको भन्दै समयमा नियुक्ति गरिदिए काम गर्न सजिलो हुने गभर्नरले बताएका थिए । तर बालेनले भने यो विषयमा उनले खासै चासो नदिएको बताइएको छ । 

नेपाल राष्ट्र बैङ्कमा दुईजना डेपुटी गभर्नरको गत चैत २४ गतेदेखि रिक्त छ । राष्ट्र बैङ्कमा हाल कार्यारत १८ कार्यकारी निर्देशक मध्येबाट दुई जना उक्त पदमा नियुक्त हुन्छन् । यसका लागि ४ जनाको नाम गभर्नरले सिफारिस गर्ने र यसमध्ये दुईजना नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्