Logo
Logo

व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का


1.6k
Shares

काठमाडौं । सरकारले व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ । भट्टको पासपोर्ट आइतबार नै रोक्का गरिएको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालो सूचीमा राख्न पत्राचार भएको थियो । 

नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न व्यक्तिहरूमाथिको अनुसन्धानलाई सरकारले तीव्रता दिएको छ ।

पूर्वमन्त्री दीपक खड्कासमेत हिजो सोमबार सम्पत्ति शुद्धीकरणकै कसुरमा पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्