Logo
Logo

देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसको अनुशासन समिति बैठक बस्दै


819
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

गत शनिबार कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेका थिए । कांग्रेसले त्यसलाई गम्भीर रुपमा लिएको जनाएको थियो ।

विशेष महाधिवेशनबाट कांग्रेस सभापति गगन थापा चुनिएको र त्यसलाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको अवस्थामा देउवा समूहका खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल भएको थियो ।

मंगलबार त खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । शेखर कोइराला र शशांक कोइरालालाई दायाँवायाँ राखेर कार्यक्रम गरेपछि गगन कांग्रेस रुष्ट छ । खड्काले चैत १९ गते जिल्ला सभापतिको भेला समेत बोलाएका छन् । यसै सन्दर्भमा निर्णय लिन कांग्रेसले अुनशासन समितिको बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्