
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ । बुधबारदेखि संसदको अधिवेशन सुरु हुँदैछ । त्यसअघि एमालेले दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने तयारी गरेको हो ।
नेता गुरु बरालका अनुसार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा बैठक बसिरहेको हो । बैठकमा निर्वाचनमा पराजित भएका पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी छन् ।











