Logo
Logo

बलात्कारको धम्की आएपछि अमिशाले दिइन् उजुरी


1.1k
Shares

काठमाडौं । नेकपा (एमाले) समर्थक अमिशा पराजुलीले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्नेहरुविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि उनले आज साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।

उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताइन् । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उनको भनाइ छ ।

आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उनको आरोप छ । अमिशाले ओली पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन् । त्यसलगत्तै उनीमाथि अमानवीय तवरले गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्