Logo
Logo

सर्लाहीमा दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत भेटिए


378
Shares

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

मृत्यु हुनेमा रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन् ।

दुवै किशोरी आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डिएसपी सरोज राईले जानकारी दिए ।

उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्