Logo
Logo

देउवा समूहको जिल्ला सभापति भेला स्थगित


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले बोलाएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए । बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको नेताहरूले जानकारी दिएका छन् ।

यसअघि संस्थापनइतर समूहले आज (बिहीबार) जिल्ला सभापतिहरूको भेला बोलाएको थियो । इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि भेला स्थगित गरिएको धुम्बाराही बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्