Logo
Logo

राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थमन्त्री


567
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्ने भएका छन् । त्यसका लागि आज बिहान ११ बजे अर्थ मन्त्रालयमा छलफल बोलाइएको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंक प्रसाद पाण्डेयले बिहान ११ बजे एक घण्टाका लागि बैठक बोलाइएको जानकारी दिए । अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन् ।

यस्तै, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुने भएका छन् । राजश्व छली र चोरी पैठारी नियन्त्रण तथा कानून कार्यन्वयनका विषयमा अर्थमन्त्री वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्