
काठमाडौं । नेकपा (एमाले) सम्बद्ध युवाहरूले आज पार्टी कार्यालय च्यासलमा धर्ना दिने भएका छन् । हिजो महासचिव शंकर पोखरेलको पुतला जलाएका युवाहरूले आज दिउँसो १ बजे पार्टी मुख्यालयमा धर्ना दिन लागेका हुन् ।
बदलिँदो परिस्थितिअनुकूल एमाले हिँड्न नसकेको उनीहरुको आरोप छ । पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको भन्दै त्यस्ता निर्णय सच्याउनु पर्ने र पार्टीमा युवालाई अघि बढाउने पर्ने आवाज उठाउँदै आएका छन् ।
एमालेले बुधबार संसदीय दलको नेतामा रामबहादुर बादाललाई चयन गरेको थियो । संसदीय दलको नेतामा बादलसँगै सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । उनले उम्मेदवारी दर्ताका लागि मनोनयनपत्रसमेत लिएका थिए । तर, प्रस्तावक र समर्थक जुटाउन नसकेपछि अन्ततः उनले आफ्नो दाबी फिर्ता लिएका थिए ।











