Logo
Logo

प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं : ज्ञानेन्द्र शाही


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न माग गरेका छन् । 

The current image has no alternative text. The file name is: Gyanendra_Shahi1775125508.jpg

प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले सरकारसँग प्रदेश संरचना खारेज गर्ने प्रस्ताव ल्याउन माग गर्दै बहुमत नपुगे आफूहरूले सहयोग गर्ने बताएका हुन् ।

उनले भने, ‘देशमा आज ८८४ जना सांसदहरू छौँ, एक वर्षमा एक खर्ब रुपैयाँ प्रदेश संरचना पाल्नुपर्ने अवस्था छ । यो राजनीतिक दलका कार्यकर्तालाई सेटलमेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ । यदि, बहुमत पुगेन भने हामीले पनि थप गर्छौँ । १८४ चाहिन्छ, १८७ पुर्‍याउँछौँ ।’

संसद् शाहीले वार्षिक एक खर्ब रुपैयाँ जनताको पैसा प्रदेश संरचनाको नाममा खर्च भइरहेको  उल्लेख गर्दै यसलाई बचाउन सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्