
काठमाडौं । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठक दिउँसो १ बजेलाई तय गरिएको छ ।
उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको भन्दै आजको बैठकले गम्भीर छलफल गर्ने र उचित निर्णय लिने अपेक्षा गरेको बताएका छन् ।
त्यस्तै अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन् । बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेभित्र तीव्र असन्तुष्टि बढेको छ ।











