Logo
Logo

बलात्कारको आरोप लागेपछि सागर लम्साललाई ‘पाँच पाण्डव’बाट हटाइयो


1.6k
Shares

काठमाडौं । अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत हास्य कलाकार सागर लम्साल उर्फ ‘बले’ माथि बलात्कारको आरोप लगाएकी छन् । बलेमाथि बलात्कारको आरोप लागेसँगै उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ ।

The current image has no alternative text. The file name is: sager.jpg

निर्माण कम्पनी कालीरानी फिल्म प्रा.लि.ले मङ्गलवार (चैत २० गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबाट हटाएको जानकारी गराएको हो । फिल्ममा अब बलेको ठाउँमा अर्को कलाकारलाई लिएर पुनः छायाङ्कन अर्थात् (रि–सुट) गर्ने गरिने भएको छ ।

गत चैत २ गतेदेखि झापा आसपासमा चलचित्रको छायाङ्कन भइरहेको थियो । सागर लम्सालको करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा यो विवाद बाहिरिएको हो । विवादको असर फिल्ममा पनि देखिएको छ । निर्माण पक्षले अब लमसाल संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा नराख्ने भएको छ ।

अमेरिकामा रहेकी युवतीले बलेले आफूलाई करिब एक वर्ष पहिले अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी छन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै बलेले आफूमाथि बलात्कार गरेको बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्