Logo
Logo

इरानले फेरि गर्यो इजरायलसहित मध्यपूर्वका देशमा आक्रमण


2.1k
Shares

काठमाडौं । मध्यपूर्वमा चलिरहेको द्वन्द्व थप जटिल बनेको छ । इरानले इजरायलसहित मध्यपूर्वका देशमा थप आक्रमण गरेको छ । इजरायलमा इरानले नयाँ क्षेप्यास्त्र आक्रमण गरेको हो ।

त्यस्तै इरानले युएई, बहराइन र इजरायलका औद्योगिक लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ । युएईमा ड्रोन र मिसाइलको अवशेष खसेको छ । कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै यी आक्रमणका घटना भएका हुन् ।

एक महिनाअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि शुरू भएको यो युद्ध अहिले व्यापक प्रतिशोधका रुपमा बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

द्वन्द्व मध्यपूर्वभर फैलिँदै विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पारिरहेको छ । विशेषगरी ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग इरानले अवरुद्ध गरेपछि ऊर्जा बजारमा ठूलो दबाव परेको छ । खाडी क्षेत्र पनि प्रत्यक्ष द्वन्द्वको चपेटामा परेको छ ।

यसैबीच इरानी आकाशबाट एक अमेरिकी लडाकु विमान खसेको र अमेरिकी सेनाले चालक दलका सदस्यमध्ये एकलाई उद्धार गरेको खबरमा उल्लेख छ । इरानी सञ्चारमाध्यमले विमानको भग्नावशेषको फुटेज प्रसारण गरेपछि प्रमुख अमेरिकी सञ्चारमाध्यमले पनि शुक्रबार इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको पुष्टि गरेका छन् ।

विमानमा रहेका दुई चालक दलमध्ये एकलाई अमेरिकी विशेष बलले उद्धार गरिसकेको र अर्का सदस्यको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्