Logo
Logo

रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटघाट


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच करिब एक घण्टा लामो  छलफल भएको छ । छलफल लामिछानेको निवासमा सम्पन्न भएको हो । 

The current image has no alternative text. The file name is: bhetbarta.jpg

भेटमा मुख्यतः प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशा विषयमा गहन छलफल भएको बताइएको छ । रास्वपाले सभामुख पदमा डीपी अर्याललाई अघि बढाएर निर्वाचित गरिसकेको अवस्थामा अब उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषय केन्द्रमा रहेको जनाइएको छ । 

संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका कारण रास्वपा प्रतिपक्षसँग सहकार्य गर्न बाध्य देखिएको छ । यही सन्दर्भमा राप्रपासँगको संवादलाई रणनीतिक महत्वका साथ हेरिएको छ ।

यो भेटघाटले आगामी दिनमा संसद्को कार्यशैली, शक्ति सन्तुलन र दलहरूबीचको सम्बन्धमा महत्त्वपूर्ण असर पार्न सक्ने देखिएको छ । विशेषगरी उपसभामुख चयन प्रक्रिया नजिकिँदै गर्दा यस्तो प्रकारको संवादले राजनीतिक गतिविधि अझ तीव्र हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्