काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षदेखि ‘हतकडी’ अपराधीलाई नभई सुरक्षाकर्मीलाई लगाएर राखिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुनासाथ प्रहरीले भ्रष्टाचार तथा अपराधको आरोप लागेकाहरूलाई धमाधम पक्राउ गरिरहेका बेला गृहमन्त्री गुरुङले यसअघि लामो समयदेखि सत्ताको नेतृत्व गरेका राजनीतिक दलहरूलाई कटाक्ष गरेका हुन् ।
आइतबार बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’











