Logo
Logo

 एक दिन पनि प्रहरी कष्टडिमा बसेनन् ओली


945
Shares

काठमाडौं । पूर्वप्रधानन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिरासतमुक्त भएका छन् । उनी सर्वोेच्च अदालतको परमादेश अनुसार आज प्रहरी हिरासतबाट मुक्त भएका हुन् ।

जेनजी आन्दोलनको घटना सम्बन्धि छानविन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले १४ चैतमा उनलाई निवासबाटै पक्राउ गरेको थियो । जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओली पहिलो दिन नै अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा ‘मल्टिपल समस्या’ देखिएपछि चिकित्सकले शिक्षण अस्पतालमै भर्ना गरेका थिए ।

ओलीको सुगर अस्वाभाविक बढेको र थाइराइडको पनि समस्या देखिएको थियो । पित्त थैलिमा पत्थरी समेत देखिएपछि चिकित्सकले शल्यक्रिया गर्दाका जोखिमबारे परामर्श गर्न समय लागेको थियो ।

यता उनी पक्राउ परेकै दिन पत्नि राधिका शाक्यले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उनले अदालतबाट पक्राउ अनुमति समेत नलिएको र जरुरी पक्राउ पुर्जी जारी गरिएको कार्य असंवैधानिक भएको जिकीर गरेकी थिइन् ।

देशको प्रधानमन्त्री भइसकेका व्यक्ति भाग्ने वा प्रमाण नष्ट गर्ने जस्ता कुनै काम नगर्ने अवस्थामा पनि अनुसन्धान नै सुरु नभएको अभियोगमा पक्राउ गरिएकाले रिहा हुनुपर्ने जिकीर शाक्यको थियो । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट नै खारेज गरेको थियो भने अब उनको म्याद नथप्न परमादेश जारी गरेको थियो ।

सर्वोच्चको परमादेशअनुसार जिल्ला सरकारी वकिलको सहमतिमा प्रहरीले ओलीलाई आजै पत्नी राधिका शाक्यको जिम्मा लगाएर छाडेको छ । तर, अचम्म के छ भने प्रहरीले पक्राउ गरेपनि ओली एक दिनपनि प्रहरी कष्टडीमा नबसी रिहा भएका छन् । अहिले ओलीलाई उपचार गर्नका लागि मात्रै बालेन नेतृत्वको सरकारले पक्राउ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्