काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । राप्रपाले सरस्वती लामालाई उपसभामुख उम्मेदवार बनाउने राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिएका हुन् ।

रास्वपाले उपसभामुखमा राप्रपालाई समर्थन गर्ने जनाइएको छ । रास्वपा सभापति रवि लामिछानेसँग यस विषयमा राप्रपाले छलफल समेत गरेको थियो ।
सभामुख पुरुष भएकाले उपसभामुख महिला हुनुपर्ने संवैधानिक बाध्यता छ । लामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी हुन् । उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद भएकी हुन् ।










