Logo
Logo

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता 


504
Shares

काठमाडौं । उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता गराएकी छन्  । उनी राप्रपाको समानुपातिक सांसद हुन् ।

The current image has no alternative text. The file name is: lama.jpg

लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् । उनलाई रास्वपाले समर्थन गर्ने राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । 

रास्वपाले उपसभामुखमा राप्रपालाई समर्थन गर्ने जनाइएको छ । रास्वपा सभापति रवि लामिछानेसँग यस विषयमा राप्रपाले छलफल समेत गरेको थियो । 

सभामुख पुरुष भएकाले उपसभामुख महिला हुनुपर्ने संवैधानिक बाध्यता छ । लामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी हुन् । उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्