Logo
Logo

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट भेपमार्फत सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: Krishna-Bahadur-Mahara.jpg

अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ७ करोड ७८ लाख बिगो माग दाबी गरेको छ । महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा दायर गरेको हो । 

२०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्