Logo
Logo

संसदको अधिवेशन भोलिबाट अन्त्य


1.1k
Shares

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।

The current image has no alternative text. The file name is: samsad-pratinidhi-sava-new.jpg

राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रवार राती १२:०० बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ’ राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले भोलि सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । निर्वाचनपछिको सङ्घीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्