Logo
Logo

विमानस्थलमा एक यात्रुको बिदाइमा तीन जना भन्दा धेरैलाई नआउन सूचित


1.4k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड हुन थालेपछि नेपाल नागरिक उड्डयन र त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा तीन जना भन्दा धेरैलाई नआउन सूचित गराएको छ ।

The current image has no alternative text. The file name is: tu-airport.gif

एक यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै कम आफन्त आएर सहयोग गर्न विमानस्थल प्रशासनले अनुरोध गरेको हो । विमानस्थल प्रशासनले पटक पटक सूचना निकाल्दै यस्तो अनुरोध गर्दै आएको छ ।

अनावश्यक भीडले सुरक्षा चुनौती थपिने र स्वदेशी तथा विदेशी हवाई यात्रुको आवागमनमा असुविधा समेत भएको विमानस्थल व्यवस्थापनले जनाएको छ । सोही अनुसार एक यात्रु बराबर बढीमा तीन यात्रु आएर सहयोग गर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्