काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक जारी रहेको छ ।

बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने जनाएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरू सहभागी रहेका छन् ।










