Logo
Logo

गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री बन्दै


819
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । बिहीबार मात्रै श्रममन्त्री दिपककुमार शाहलाई जिम्मेवारीबाट हटाएका प्रधानमन्त्रीले दुई जनालाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

स्रोतका अनुसार उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गर्न लागिएको छ । पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री साहलाई पदमुक्त गरेका थिए।

उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए । यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्