काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् । सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै कयौँ सहकार्य बाँकी रहेको बताएका हुन् ।

उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दुखेसो गरेको थिए । त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा रविले भने, ‘राजनीतिक संवाद हुने नै छन् । सम्भावनाहरू हुनसक्छ भनेर कुराकानी किन नहुनु र रु सबै दलहरूसँग भएको हो । धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा हामीले सही निर्णय गर्ने समय आउँदा कहिलेकाहीँ अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केही होइन ।’
रविले भने, ‘सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैँ साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कयौँ गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?’










