Logo
Logo

कलाकार बले हाजिरी जमानीमा रिहा


441
Shares

काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् ।

उनी शुक्रबार हाजिरी जमानीमा रिहा भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्।

उनीमाथि उजुरी नपरेपनि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो । उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्