Logo
Logo

केही ठाउँमा हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना


315
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानको समयमा मौसम सफा छ ।

दिउँसोपछि भने बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोपख गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँ तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै ठाउँहरूमा तथा कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्