Logo
Logo

रोल्पामा भिरबाट लडेर युवकको मृत्यु


126
Shares

रोल्पा । रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा–२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको भिरबाट लडेर मृत्यु भएको हो ।

शनिबार साँझ जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा खसेर मृत्यु घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्