
काठमाडौं । ‘कन्टेन्ट’का नाममा प्रधानमन्त्रीसहितका नेताहरुलाई गाली गर्ने युट्युबर पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन शाह लगायतका नेताहरुलाई गाली गर्दै अपमानजनक सामाग्री बनाएको आरोपमा पाँचथरका रोशन पोखरेल पक्राउ परेका हुन् ।
फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
पोखरेलले HADES नामक युट्युब च्यानल चलाउँदै आएका छन् । उक्त च्यानलमार्फत प्रशारण सामाग्रीका आधारमा पोखरेललाई पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।
पक्राउ परेका पोखरेलमाथि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरेर साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










