Logo
Logo

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले आफ्नो देश भ्रमणको निम्तो दिएपछि प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने भएका हुन् ।

नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन । यद्यपी, परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निम्तो प्रधानमन्त्री बालेनले स्वीकार गरिसकेका बताएका छन् ।

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हुन् ।

यद्यपि भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ छ । परराष्ट्रमन्त्री खनालले मौरिससमै गत शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्